Skip to content

Welcome to the Shilpee Theatre

Shilpee Theatre Group is a professional theatre organization established in 2006. Explore our website to know more about us.   

Hello School

श्रीमान् प्रिन्सिपल ज्यू

 

विषयः नाटक हेर्न विद्यार्थी पठाई दिने सम्बन्धमा ।

कालेबुङ भारतमा आयोजित अन्तराष्ट्रिय नाट्य महोत्सव ‘कालेबुङ नाट्य उत्सव’मा भाग लिएर आएको र काठमाडौ बाहिरका १० ठाउँमा मञ्चन गरिसकिएको नाटक ‘हिउँको पृथ्वी यात्रा’को नियमित मञ्चन यही साउन १ देखि १५ गतेसम्म शिल्पी थिएटर, बत्तीसपुतलीमा गर्दैछाँै । नाटक हेर्न आफ्ना विद्यार्थीहरु ल्याएर सहयोग गरिदिनहुन हार्दिक निवेदन गर्दैछौँ ।

नाटकको मुख्य विषय पर्यावरण र जलवायु परिवर्तन हो । हिमालबाट बगेका ३ वटा नदीले आफ्नो पृथ्वी यात्राको बारेमा कथा भन्ने छन् । नाटकको विस्तृत कथासार यही पत्रसँगै अर्को पानामा संलग्न गरिएको छ ।

प्रति विद्यार्थी टिकट शुल्कः रु २००÷–

हल बुक प्रति प्रर्दशनः रु ३०,०००÷–

नाटकघरको क्षमताः २०० सिट

नाटकघर पुरै बुक गर्दा विद्यालयले चाहेको समयमा हामी नाटक मञ्चन गर्नेछौँ ।

 

व्यवस्थापक

कुमार सिंखडा

 

नाटक निर्देशक

घिमिरे युवराज

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*